न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन « Khabarhub

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक एन्टिबायोटिक औषधि न्यून गुणस्तरको भेटिएपछि तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि निर्धारित मापदण्डअनुसार नभएको जनाएको हो ।

विभागका अनुसार कोरेक्श फर्माट्युकल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ‘एनक्लेभ ओडी एमोक्सिसिलिन र क्लाभ्युलेनेट पोटासियम ट्याब्लेट आईपी को ब्याच नम्बर टिइओडी- ०२६ मा गुणस्तरसम्बन्धी समस्या भेटिएको छ ।

परीक्षणका क्रममा उक्त औषधि ‘प्रेस्क्राइब्ड आईपी २०२२’ को मापदण्डअनुसार अमोक्सिसिलिन र क्लाभुलानिक एसिडको मात्रा तथा डिसोलुसन परीक्षणमा असफल भएको विभागले जनाएको छ ।

उक्त औषधिको उत्पादन मिति डिसेम्बर २०२४ र म्याद सकिने मिति मे २०२६ रहेको छ । विभागले औषधि ऐन, २०३५ अनुसार उक्त ब्याचका सबै औषधि तुरुन्त बिक्री–वितरण रोक्न, बजारबाट फिर्ता गर्न तथा त्यसको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा वितरकलाई निर्देशन दिएको छ ।

साथै, विभागले उक्त ब्याचका औषधि सिफारिस, बिक्री, वितरण तथा प्रयोग नगर्न स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई समेत अनुरोध गरेको छ । विभागले नियमित बजार अनुगमनलाई तीव्रता दिँदै गुणस्तरहीन औषधि नियन्त्रणमा कडाइ गर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १ : ५५ बजे

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि