भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह  « Khabarhub

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह 


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले किशोरीहरूलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागी किशोरीहरूलाई खोप लगाउन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको माघ २५ गतदेखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान शुरू गरेको छ ।

एचपीभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभागबाट स्वीकृत सुरक्षित खोप रहेको यसबाट डराउन नपर्ने अधिकारीले बताए । अभियानअन्तर्गत गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ ।

अध्यक्ष डा. अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गरे । वर्षौँदेखिको प्रयासपछि नेपालले एचपीभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट किशोरीहरूको भविष्य सुरक्षित गर्ने बताए ।

अभियानअन्तर्गत ३ लाख ५० हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : १३ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’