क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य « Khabarhub

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्राध्यापक डाक्टर दिलीप शर्माबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो ।

कार्यवाहक प्रमुख डंगोलले क्यान्सरबाट धेरै महिलाले अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि रहेको बताइन् ।

अस्पतालका निर्देशक प्रा. डा. शर्माले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि समयमा नै स्क्रिनिङ गर्नुपर्ने बताए । ‘मलाई लक्षण देखिएकै छैन । किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ’, उनले भने ।

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार महानगरभित्रका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरू परीक्षण र प्रारम्भिक उपचार गरिने बताए ।

उनले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गर्ने बताए । नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ११ : २२ बजे

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले