चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा « Khabarhub

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ। संघको १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि देशभर चरणबद्ध मतदान तालिका लागू गरिएको हो।

निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुँदैछ भने काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुनेछ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ।

यसपटकको निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वका तीन प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। १९ सदस्यीय कार्यसमितिका लागि तीन समूहबाट कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

उपत्यकाबाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, जुम्ला, पाल्पा, हेटौंडा, तनहुँ, रौतहट र काभ्रेसहितका स्थानमा मतदान भइरहेको छ। झापाको दमकमा वैशाख ४ गते तथा बिर्तामोड र डडेलधुरामा वैशाख ५ गते मतदान सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ।

डा. बद्री रिजाल समूहबाट अध्यक्षमा स्वयं रिजाल उम्मेदवार छन्। वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा। हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल रहेका छन्।

यस्तै, डा. मंगल रावल समूहबाट अध्यक्षमा रावल, वरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा। चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ प्रतिस्पर्धामा छन्।

‘टिम रिफर्म’ नाम दिइएको डा। नारायण भुषाल समूहबाट अध्यक्षमा भुषाल, वरिष्ठ उपाध्यक्षमा डा। अजयकुमार मिश्र, महासचिवमा डा.अमित भुषाल, कोषाध्यक्षमा डा। विनोदकुमार महाशेठ, सहसचिवमा डा। सन्तोष अधिकारी र सह–कोषाध्यक्षमा डा। राजकुमार दंगाल उम्मेदवार छन्।

संघको विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ र ६ सदस्य गरी कुल १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : ५४ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६