फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु  « Khabarhub

फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु 


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रिया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।

मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको यस क्षेत्रमा प्रहरी र सैनिकहरूसँगको गोलीबारी भएको थियो । मृतक मध्ये मौटे–दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्का पनि रहेको क्षेत्रीय प्रहरी रिपोर्ट गरेको छ ।

समुहले विद्रोही नेताकी श्रीमती र अन्य तीन महिलासहितको समूहसँग एक घण्टा लामो गोलीबारी भएको जनाइएको छ । आफुहरुको पक्षमा  कुनै हताहत नभएको  उल्लेख गर्दै  बन्दुक र विस्फोटकहरू बरामद गरेको सेनाले जनाएको छ ।

फिलिपिन्स सेनाको पहिलो इन्फेन्ट्री डिभिजनको रिपोर्टमा जनवरीमा चार जना सैनिकको ज्यान गएको र एक जना घाइते भएको घटनाको पछाडि यो समूह जिम्मेवार रहेको आश‌का गरिएको छ ।

मारिएका बन्दुकधारीहरू मारावी घेराबन्दी र वर्षौंको हिंसाका लागि जिम्मेवार समुह  सञ्जालका रहेको, सैन्य एकाईका कमान्डर मेजर–जनरल येगोर बारोकिलोले विज्ञप्ति मार्फत पुष्टि गरेका छन् । 

सन् २०१७ मे सयौं फिलिपिनो मुस्लिम लडाकुहरू साथै विदेशी लडाकुहरू मारावीको मिन्डानाओ सहर कब्जा गर्न सेनामा सामेल भएको जनाइएको छ ।  

सरकारी फौजले गरेको रक्तपातपूर्ण घेराबन्दीको पाँच महिना पछि एक हजार भन्दा बढीको ज्यान गुमेको छ भने उग्रवादी समूहका वरिष्ठ नेताहरू मारिका छन् । 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : १२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम