‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’ « Khabarhub

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताएकी छिन् । कामपाको ४८औँ कार्यपालिका बैठकमा उनले कामपाका पूर्वप्रमुख वालेन्द्र शाह सङ्घीय सरकारको प्रधानमन्त्री रहनुका साथै सहरी विकास र व्यवस्थापन विज्ञका रूपमा कामपाका काम गरेका शिक्षामन्त्री सस्मित पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल रहनुले काम गर्ने सहज वातावरण बन्दै गएको धारणा राखिन् ।

स्थानीय सरकार राम्ररी बुझेका व्यक्तित्वहरू नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहेकाले आगामी दिनमा समन्वय र सहकार्यका लागि सहज हुने कार्यवाहक प्रमुख डङ्गोलले विश्वास व्यक्त गरिन् । उनले भनिन्, “अहिले कामपाको प्रतिष्ठा बढेको छ । यो काठमाडौँको समृद्धिका लागि ठूलो अवसर पनि हो ।”

बैठकले विपद् व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रोमार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ गरी दुईवटा कार्यविधि स्वीकृत गरेको छ । तीनवटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ । सहमति प्रदान गरिएका कार्यविधिहरूमा ‘श्रम बैंक सञ्चालन कार्यविधि, २०८०’, ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि, २०७८’ र ‘साझेदारी तथा लगानी ऐन, २०७९’ रहेका कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार एउटा कानुन, एउटा मापदण्ड र आठवटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान भएको छ । सहमति प्रदान गरिएका कानुनमा कार्यस्थलमा हुने लैङ्गिक हिंसालगायत अन्य सबै किसिमका लैङ्गिक हिंसाविरुद्धको कानुन रहेका उनले बताए ।

कार्यविधितर्फ होमस्टे (घरबास) दर्ता तथा नवीकरण कार्यविधि, सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, प्रारम्भिक बालविकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन व्यवस्थापन कार्यविधि, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सहर व्यवस्थापन कार्यविधि रहेका छन् । अस्थायी संरक्षण गृह सञ्चालनसम्बन्धी मापदण्ड तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ४९ बजे

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित

मालपोतका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट