सामाजिक सञ्जालमा बिरामीको गोपनीयता नखुलाउन मेडिकल काउन्सिलको चेतावनी « Khabarhub

सामाजिक सञ्जालमा बिरामीको गोपनीयता नखुलाउन मेडिकल काउन्सिलको चेतावनी


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमए) ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक सञ्जालको प्रयोग गर्दा व्यावसायिक मर्यादा, आचारसंहिता र बिरामीको गोपनीयता अनिवार्य रूपमा कायम राख्न निर्देशन दिएको छ । टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममा चिकित्सकहरूले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गर्ने, बिना परीक्षण औषधि सिफारिस गर्ने तथा जथाभावी परामर्श दिने प्रवृत्ति बढ्दै गएको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलका रजिस्ट्रार डा. सतीश कुमार देवद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्यकर्मीहरूले पालना गर्नुपर्ने प्रमुख निर्देशनहरू उल्लेख गरिएको छ । जसअनुसार बिरामीसँग सम्बन्धित कुनै पनि भिडियो वा सामग्री सार्वजनिक गर्न नपाइने, र यदि सार्वजनिक गर्नैपर्ने अवस्था आएमा बिरामीको अनुहार तथा पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।

स्वास्थ्यसम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पालना अनिवार्य हुने काउन्सिलले स्पष्ट पारेको छ । काउन्सिलले सर्वसाधारणलाई पनि सामाजिक सञ्जालमा देखिने अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगर्न र दर्तावाल चिकित्सकसँग मात्र परामर्श लिन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै काउन्सिलले बिना परीक्षण दिइने औषधि सिफारिस र गैरजिम्मेवार गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम, जटिलता तथा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएको छ । यस्ता गैरजिम्मेवार तथा अवैज्ञानिक कार्यहरू गरेमा काउन्सिलको ऐन तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : १० बजे

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक