अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने « Khabarhub

अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रमा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनालाई कार्यान्वयन गर्दै स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राखेर यो व्यवस्था मिलाइएको जनाएको छ ।

तर बिदाको समयमा पनि बिरामीको उपचारमा कुनै अवरोध नहोस् भन्नका लागि मन्त्रालयले आकस्मिक र अन्तरङ्ग सेवाहरूलाई भने पहिले झैँ चौबिसै घण्टा सुचारु राख्ने सुनिश्चित गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले आइतबारका लागि पहिले नै तय भइसकेका शल्यक्रियाहरू बिरामीको सुविधा र अवस्थालाई विचार गर्दै नयाँ समयमा सारिने जनाएको छ ।

बिदाका दिनमा अस्पताल पुग्ने बिरामीले सास्ती भोग्नु नपरोस् भन्ने हेतुले मन्त्रालयले अस्पतालहरूलाई सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउन र आफ्ना तर्फबाट सेवा दिन नसकिएको खण्डमा नजिकैको अर्को अस्पतालमा सहजै रेफर गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ४० बजे

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको