विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका « Khabarhub

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यूएई र ओमानविरुद्ध हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोली सार्वजनिक गरेको हो ।

टोली छनोटमा प्रधानमन्त्री कपको प्रदर्शनलाई आधार बनाइएको क्यानले जनाएको छ । यसक्रममा युवा ब्याटर अर्जुन कुमालले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । त्यस्तै ओपनर तथा विकेटकिपर विनोद भण्डारी तीन वर्षपछि टोलीमा फर्किएका छन् ।

नेपालले लिग–२ अन्तर्गत दुई महिनाभित्र दुई त्रिकोणात्मक सिरिज खेल्नेछ । पहिलो सिरिजमा नेपाल, ओमान र यूएईबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्ड आमनेसामने हुनेछन् ।

पहिलो सिरिज वैशाख १२ देखि २२ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । दोस्रो सिरिज वैशाख २९ देखि जेठ ८ गतेसम्म सोही मैदानमा आयोजना हुनेछ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल