विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका « Khabarhub

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यूएई र ओमानविरुद्ध हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोली सार्वजनिक गरेको हो ।

टोली छनोटमा प्रधानमन्त्री कपको प्रदर्शनलाई आधार बनाइएको क्यानले जनाएको छ । यसक्रममा युवा ब्याटर अर्जुन कुमालले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । त्यस्तै ओपनर तथा विकेटकिपर विनोद भण्डारी तीन वर्षपछि टोलीमा फर्किएका छन् ।

नेपालले लिग–२ अन्तर्गत दुई महिनाभित्र दुई त्रिकोणात्मक सिरिज खेल्नेछ । पहिलो सिरिजमा नेपाल, ओमान र यूएईबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्ड आमनेसामने हुनेछन् ।

पहिलो सिरिज वैशाख १२ देखि २२ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । दोस्रो सिरिज वैशाख २९ देखि जेठ ८ गतेसम्म सोही मैदानमा आयोजना हुनेछ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : १७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल