जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति « Khabarhub

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणमा दुई बुँदे असहमति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको बताएका हुन् । नेपालजस्तो विविधतायुक्त देशका लागि वर्तमान संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली उपयुक्त रहेको उनको भनाइ छ ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अल्पसंख्यकका लागि घातक हुने दाबी गर्दै सैद्धान्तिक स्पष्टताविना गरिएको एकता आत्मघाती हुन सक्ने चेतावनी दिएका छन् ।

त्रिपाठीले आफ्नो नेतृत्वको जनता प्रगतिशील पार्टी र तमलोपाको प्रयासपछि लोसपासँग एकीकरण भएको उल्लेख गर्दै जसपा–लोसपा एकीकरणबारे आफूहरूलाई जानकारी नदिइएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली