जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति « Khabarhub

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणमा दुई बुँदे असहमति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको बताएका हुन् । नेपालजस्तो विविधतायुक्त देशका लागि वर्तमान संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली उपयुक्त रहेको उनको भनाइ छ ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अल्पसंख्यकका लागि घातक हुने दाबी गर्दै सैद्धान्तिक स्पष्टताविना गरिएको एकता आत्मघाती हुन सक्ने चेतावनी दिएका छन् ।

त्रिपाठीले आफ्नो नेतृत्वको जनता प्रगतिशील पार्टी र तमलोपाको प्रयासपछि लोसपासँग एकीकरण भएको उल्लेख गर्दै जसपा–लोसपा एकीकरणबारे आफूहरूलाई जानकारी नदिइएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १ : ३७ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको