मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी « Khabarhub

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइसँगै वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्‍याएको बताएकी छन् ।

आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले दुई नेताले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको राजनीति अभ्यास गरेको स्मरण गरिन् ।

भण्डारीले राजनीति जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई मदन भण्डारी र जिवराज आश्रितले गहिरोसँग स्थापित गरेको उल्लेख गरिन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मार्गनिर्देशक सिद्धान्तका रूपमा अपनाएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताइन् ।

उनले मदन भण्डारी र जिवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठन विस्तारमा सीमित नराखी वैचारिक रूपमा पनि सुदृढ बनाएको धारणा व्यक्त गरिन् । राजनीतिलाई जनताको जीवनसँग जोडिएको विषयका रूपमा स्थापित गर्न दुई नेताको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली