मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी « Khabarhub

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइसँगै वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्‍याएको बताएकी छन् ।

आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले दुई नेताले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको राजनीति अभ्यास गरेको स्मरण गरिन् ।

भण्डारीले राजनीति जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई मदन भण्डारी र जिवराज आश्रितले गहिरोसँग स्थापित गरेको उल्लेख गरिन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मार्गनिर्देशक सिद्धान्तका रूपमा अपनाएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताइन् ।

उनले मदन भण्डारी र जिवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठन विस्तारमा सीमित नराखी वैचारिक रूपमा पनि सुदृढ बनाएको धारणा व्यक्त गरिन् । राजनीतिलाई जनताको जीवनसँग जोडिएको विषयका रूपमा स्थापित गर्न दुई नेताको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १ : ४७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर