देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय « Khabarhub

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम बढ्दै गएको छ । सरुवा रोगको श्रेणीमा पर्ने यो रोग विशेषगरी वर्षायाम र त्यसपछिको समयमा बढी देखिने गर्दछ । 

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र) ले यस रोगबाट बच्न र सचेत रहन विशेष आग्रह गरेको छ ।

के हो स्क्रब टाइफस र कसरी सर्छ ? 

स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो, जुन ‘ओरेन्सिया सुसुगामुसी’नामक जीवाणु (ब्याक्टेरिया) का कारण लाग्ने गर्दछ । यो जीवाणु मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किरा (माइट) मा पाइन्छ ।

जब उक्त संक्रमित माइटले मानिसलाई टोक्छ, तब यो रोग सर्ने गर्दछ । यो माइट प्रायः झाडी, खेतबारी, वनजंगल, तथा घर वरपरका झाडी र घुरान भएका ओसिलो ठाउँहरूमा पाइन्छ । सुखद कुरा के छ भने, यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रब टाइफसका मुख्य लक्षणहरू

– बिरामीलाई कडा ज्वरो आउँछ र कहिलेकाहीँ काँपेर (कम्पनसहित) पनि ज्वरो आउन सक्छ ।

– अत्यधिक टाउको दुख्नु र पसिना आउनु ।

– आँखा रातो हुनु र झाडापखाला लाग्नु ।

किरा (माइट) ले टोकेको ठाउँमा सुरुमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि बिस्तारै त्यो ठाउँमा कालो दाग बस्छ, जुन यो रोगको मुख्य पहिचान हो ।

रोगबाट बच्ने उपायहरू

१. खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा, अथवा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र सम्भव भएसम्म गम्बुट (बुट) को प्रयोग गर्ने ।
२. सकेसम्म घाँसघारी वा चउरमा सिधै नबस्ने । बस्नै परेमा गुन्द्री, दरी वा प्लास्टिक ओछ्याएर मात्र बस्ने ।
३. ओछ्यान भुइँमा नलगाई खाट वा अलि अग्लो स्थानमा सुत्ने र बस्ने व्यवस्था मिलाउने ।
४. चउर, बारी तथा घर वरपरका झाडी, घाँस र घुरानहरूलाई नियमित रूपमा सफा गरिरहने ।
५. घरमा मुसाको वृद्धि विकास हुन नदिन अन्नबालीलाई सुरक्षित रूपमा भण्डारण गर्ने र मुसा नियन्त्रणका उपायहरू अपनाउने ।

शंका लागेमा के गर्ने ? 

स्वास्थ्य विज्ञहरूका अनुसार स्क्रब टाइफसको समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ । यदि माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा वा स्क्रब टाइफस लागेको शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्दछ ।

लापरवाही गरेमा यसले गम्भीर रूप लिन सक्ने भएकाले समयमै उपचार गराउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  २ : ०७ बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको