विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि « Khabarhub

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् । एमालेले ३३औँ मदन–आश्रित स्मृति सभामा भण्डारीलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा दिएको हो ।

पार्टी सदस्यता नवीकरण रोकिएको अवस्थापछि भण्डारी एमालेको आधिकारिक कार्यक्रममा वक्ताका रूपमा सहभागी भएको यो पहिलोपटक मानिएको छ ।

भण्डारीको सचिवालयका अनुसार उनलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा गरिएकाले कार्यक्रममा सहभागिता जनाएकी हुन् ।

भण्डारीले विगत दुई वर्षदेखि एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीस्वरूप पार्टी सदस्यता नवीकरणको प्रयास गरिरहेकी भए पनि अध्यक्ष के. पी. शर्मा ओलीले सदस्यता नवीकरण प्रक्रिया अघि बढ्न नदिएको चर्चा एमालेभित्र हुँदै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनअनुसार अघि बढ्नुपर्ने बताइन् ।

‘एमालेले मार्गदर्शन सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो,’ भण्डारीले भनिन्, ‘यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरेका छौँ । यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिस्ट आन्दोलनलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  २ : ०४ बजे

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात