बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम « Khabarhub

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०८२-८३ को तेस्रो त्रैमासिक तथ्यांकले नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.६० प्रतिशत पुगेको देखाएको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये कुल कर्जामा एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी ८.८५ प्रतिशत रहेको छ । एनआइसी एसियाले ऋण नोक्सानी वापत २२ अर्ब ३२ करोड ३ लाख ८० हजार रुपैयाँ ऋण नोक्सानी व्यवस्था गरेको छ ।

तर, ऋण नोक्सानीको हिसाबले भने नेपाल इन्भेष्टमेन्ट मेगाले सबैभन्दा धेरै अर्थात् २८ अर्ब ४५ करोड ८८ लाख ८५ हजार रुपैयाँ ऋण नोक्सानी व्यवस्था गरेको छ । जसको निष्क्रिय कर्जा ८.४१ प्रतिशत रहेको छ ।

ऋण नोक्सानी व्यवस्थाको हिसाबले कुमारी बैंकले दोस्रो धेरै अर्थात् २८ अर्ब २० करोड ३६ लाख ५० हजार रुपैयाँ व्यवस्था गरेको छ, जसको निष्क्रिय कर्जा ६.९४ प्रतिशत रहेको छ । 

त्यस्तै, तेस्रो त्रैमास अवधिसम्म ग्लोबल आइएमईको निष्क्रिय कर्जा ४.९७ प्रतिशत रहेकोमा सो बैंकले २७ अर्ब ६१ करोड ५७ लाख ६० हजार, हिमालयन बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत रहेकोमा सो बैंकले २५ अर्ब १८ करोड १२ लाख ५० हजार र प्रभु बैंकको निष्क्रिय कर्जा ८.८४ प्रतिशत रहेकोमा २२ अर्ब ८४ करोड ५८ लाख ८० हजार रुपैयाँ ऋण नोक्सानी व्यवस्थापन गरेका छन् ।

साथै, समीक्षा अवधिसम्म कुल कर्जामा नबिल बैंकको ४.३७, लक्ष्मी सनराइजको ५.२९, राष्ट्रिय वाणिज्य बैंकको ४.४८, प्राइम कमर्सियलको ६.३९, नेपाल बैंकको ४.९६, एनएमबिको ४.९५, कृषि विकासको ५.०६, सिटिजन्सको ६.८२, सिद्धार्थको ३.७१, सानिमाको ३.९९, माछापुच्छ्रेको ४.०१, नेपाल एसबिआईको २.५३, एभरेष्टको ०.६१ र स्ट्यान्डर्ड चार्टर्डको १.८१ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।

बैंकहरूको ऋण नोक्सानी व्यवस्थाको अवस्था

बैंकऋण नोक्सानी व्यवस्था (१० लाखमा)
नेपाल इन्भेष्टमेन्ट मेगा२८,४५८.८५
कुमारी२८,२०३.६५
ग्लोबल आइएमई२७,६१५.७६
हिमालयन२५,१८१.२५
प्रभु२२,८४५.८८
नबिल२२,३५०.३८
एनआइसी एसिया२२,३२०.३३
लक्ष्मी सनराइज१६,५५३.६७
राष्ट्रिय बाणिज्य१५,१५७.०७
प्राइम कमर्सियल१४,४८६.३६
नेपाल बैंक१२,८५५.५१
एनएमबि१२,११४.२५
कृषि विकास११,८३८.५२
सिटिजन्स१०,६६५.२६
सिद्धार्थ बैंक९,४३१.८८
सानिमा८,१७१.३५
माछापुच्छ्रे६,६६४.३२
नेपाल एसबिआई६,४९७.६४
एभरेष्ट६,०७३.६७
स्टान्डर्ड चार्टर्ड२,०२३.६९

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ३ : ५१ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना