ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी « Khabarhub

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक ऊर्जा केन्द्र बाहिर ड्रोन हमला भएपछि एक विद्युत् जेनेरेटरमा आगलागी भएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

अबुधाबी मिडिया अफिसका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । साथै, बराकाह आणविक ऊर्जा केन्द्रको सुरक्षा प्रणाली तथा रेडिएसन स्तरमा पनि कुनै असर नपरेको बताइएको छ । अधिकारीहरूले केन्द्रका सबै आवश्यक उपकरण र प्रणाली सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिएका छन् ।

समाचार एजेन्सी एपीका अनुसार घटनाको जिम्मेवारी अहिलेसम्म कुनै संगठन वा देशले लिएको छैन । तर पछिल्लो क्षेत्रीय तनावलाई मध्यनजर गर्दै इरानमाथि आशंका गरिएको छ ।

पछिल्ला दिनहरूमा इरानले यूएईलाई लगातार चेतावनी दिँदै आएको छ । युद्धको अवस्थाबीच यूएईमा इजरायलको हवाई प्रतिरक्षा प्रणाली तथा अमेरिकी सैनिकहरूको उपस्थितिलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ ।

यता, क्षेत्रीय तनावका बीच पनि होर्मुज जलडमरूमध्य हुँदै ऊर्जा आपूर्ति भने जारी रहेको छ । मार्शल आइल्यान्ड्सको झण्डा बोकेको एलपीजी ट्यांकर ‘सिमी’ २० हजार टन एलपीजी बोकेर भारतको काण्डला बन्दरगाह सुरक्षित रूपमा पुगेको छ ।

एएनआईका अनुसार युद्ध सुरु भएयता हालसम्म १५ वटा एलपीजी जहाज भारत पुगिसकेका छन् । ‘सिमी’ ट्यांकरले मे १३ मा होर्मुज जलडमरूमध्य पार गरेको थियो। त्यस्तै भारततर्फ आउँदै गरेको ‘एमभी सनसाइन’ नामक अर्को एलपीजी जहाजले पनि हालै सुरक्षित रूपमा होर्मुज जलडमरूमध्य पार गरेको बताइएको छ ।

मध्यपूर्वमा बढ्दो तनावसँगै ऊर्जा आपूर्ति, समुद्री सुरक्षा तथा आणविक केन्द्रहरूको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ८ : ५० बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने