सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ? « Khabarhub

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको छ । 

बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद चन्द्र मोहन यादवले संसदमा सभामुखको भूमिका पक्षपातपूर्ण रहेको बताएका छन् ।

उनले यसअघि सभामुख आवद्ध रहेको पार्टी रास्वपासंगको सम्बन्धको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ? भन्दै प्रश्न गरे। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले निरन्तर विरोध गर्दा पनि सभामुखले कुनै चासो नदिएको उनको भनाइ छ ।

उनले जनताको आशा र विश्वासलाई कमजोर बनाउने काम सदनमा भएको उल्लेख गरे । सभामुखले सम्पूर्ण सांसदहरुको अभिभावक बनेर सदनको सम्मान बढाउन सक्नुपर्ने उनले बताए ।

सांसद यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरेका थिए । 

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले सांसद यादवले राखेको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नियमावलीको ख्याल गर्न निर्देशन दिए । 

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग राख्दै कांग्रेस लगायत विपक्षी दलले निरन्तर सदनमा विरोध गरिरहेको छ । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : १८ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६