नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द « Khabarhub

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ । 

विभागले मंगलबार एक सुचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द गरेको हो । विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुमतिपत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि, नवीकरण र अन्य व्यवस्थाहरू लागू गरिएको जनाएको छ । 

उक्त ऐनको दफा ११ को उपदफा (५) अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका अनुमतिपत्र, सिफारिस पत्र तथा प्रमाणपत्रहरू स्वतः खारेज हुने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।

विभागका अनुसार औषधि पसल सञ्चालनसम्बन्धी जारी गरिएका प्रमाणपत्रमध्ये तोकिएको समयभित्र नवीकरण नगरिएका तथा नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः खारेज भएको जानकारी सरोकारवालालाई गराउन सूचना प्रकाशित गरिएको हो ।

सूचनामा सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न तथा औषधि बिक्री–वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था र विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

विभागले २०८३ जेठ २९ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः खारेज भएका औषधि पसलहरूको सूची समेत सूचनासँगै संलग्न गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : ५२ बजे

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् ।

‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’ 

काठमाडौं– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद