युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण « Khabarhub

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले  रिपोर्ट गरेका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह अल–फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ । इजरायलीहरूले जह्रानी क्षेत्रको अन्सारीह सहरमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ ।  

सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्न अमेरिका–इरान सम्झौता घोषणा भए देखि लेबनानमा हिंसात्म गतिविधि घटेको जनाइएको छ तर सम्झौता भए पछि भएको इजरायली आक्रमणका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।

सुधारको आशासँगै दक्षिण लेबनानका बासिन्दाहरूलाई आफ्नो बासस्थान फर्कन र आफ्नो सहर र गाउँहरूको निरीक्षण गर्न अनुमति दिएको छ, तर लेबनानी सेनाले “इजरायली आक्रमणको जोखिम अझै बाँकी रहेको भन्दै स्थानीयहरूलाई फिर्तीमा ढिलाइ गर्न आग्रह गरेको छ ।

इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरेर लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो । जसको जवाफ  इजरायलले हवाई तथा स्थलगत आक्रमणको छुट्टै अभियानको साथ  दिएको थियो ।

इरानका विदेश मन्त्री अब्बास अराघचीले मङ्लबार यस युद्धमा कब्जा गरेका क्षेत्रहरू बाट इजरायली सेना फिर्ता नगरे सम्म द्वन्द्वको अन्त्य नहुने बताएका छन् ।

आगामी दिनमा लेबनानमा कुनै पनि सैन्य आक्रमण र लेबनानका क्षेत्रहरूमा निरन्तर कब्जा गर्नु शान्ति सम्झौताको विपरित हुने उनले बताए । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देशको सेना आवश्यक हुँदासम्म लेबनानमा रहने बताएका छन् । 

हेजबुल्लाहले मंगलबार देखि दक्षिण लेबनानमा इजरायली लक्ष्यहरूमा आक्रमण गरेको दाबी गर्दै अहिलेसम्म कुनै सूचना जारी गरेको छैन । समूहका नेता नईम कासिमले बुधबार सार्वजनिक रुपमा टेलिभिजन सम्बोधन गर्ने जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भए देखि भएको इजरायली आक्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या तीन हजार ८२६ पुगेको जनाएको छ । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १ : ०३ बजे

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि