अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु « Khabarhub

अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका र इरान बीच भएको सम्झौताको घोषणा पछि लेबनानबाट विस्थापित भएका परिवारहरू सावधानीपूर्वक आफ्नो घर फर्कन थालेको संयुक्त राष्टसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले बताएको छ ।

विज्ञप्ति जारी गर्दै ओसिएइचएले दक्षिण लेबनानमा लगभग दुई हजार ७०० मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थात–थलो फर्किएको जनाइएको छ । 

सामूहिक रुपमा आश्रयमा बसोबास गदै आएका विस्थापित व्यक्तिहरूको सङ्ख्या विगत चार दिनमा लगभग दश हजारले घटेर शुक्रबार लगभग एक लाख ३४ हजार पुगेको जनाइएको छ ।

 लेबनानमा आइतबार देखि हिंसाको तीव्रता घटेको भए पनि दक्षिणी लेबनानमा निरन्तर घटनाहरूको रिपोर्ट गरिएको छ  । जसले बासिन्दाहरूको घर फर्किने र स्वतन्त्र रूपमा आफ्नो वास–स्थानमा सर्ने क्षमतालाई प्रत्यक्ष असर पारेको जनाइएको छ । 

यसरी मानिसहरु आ–आफ्नो वासस्थान फर्किरहेको अवस्थामा जमिन मुनि राखिएका हतियारको उपस्थिति एक प्रमुख चिन्ताको विषय बनेको जनाइएको छ।

यस सन्दर्भमा, ओसिएइचएले नागरिकहरूको सुरक्षा र दिगो मानवीय सहायताको सुरक्षित, स्वैच्छिक फिर्ती सुनिश्चित गर्न आफ्नो आह्वानलाई नवीकरण गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १ : १८ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका