अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु « Khabarhub

अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका र इरान बीच भएको सम्झौताको घोषणा पछि लेबनानबाट विस्थापित भएका परिवारहरू सावधानीपूर्वक आफ्नो घर फर्कन थालेको संयुक्त राष्टसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले बताएको छ ।

विज्ञप्ति जारी गर्दै ओसिएइचएले दक्षिण लेबनानमा लगभग दुई हजार ७०० मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थात–थलो फर्किएको जनाइएको छ । 

सामूहिक रुपमा आश्रयमा बसोबास गदै आएका विस्थापित व्यक्तिहरूको सङ्ख्या विगत चार दिनमा लगभग दश हजारले घटेर शुक्रबार लगभग एक लाख ३४ हजार पुगेको जनाइएको छ ।

 लेबनानमा आइतबार देखि हिंसाको तीव्रता घटेको भए पनि दक्षिणी लेबनानमा निरन्तर घटनाहरूको रिपोर्ट गरिएको छ  । जसले बासिन्दाहरूको घर फर्किने र स्वतन्त्र रूपमा आफ्नो वास–स्थानमा सर्ने क्षमतालाई प्रत्यक्ष असर पारेको जनाइएको छ । 

यसरी मानिसहरु आ–आफ्नो वासस्थान फर्किरहेको अवस्थामा जमिन मुनि राखिएका हतियारको उपस्थिति एक प्रमुख चिन्ताको विषय बनेको जनाइएको छ।

यस सन्दर्भमा, ओसिएइचएले नागरिकहरूको सुरक्षा र दिगो मानवीय सहायताको सुरक्षित, स्वैच्छिक फिर्ती सुनिश्चित गर्न आफ्नो आह्वानलाई नवीकरण गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १ : १८ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६