चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री  « Khabarhub

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् ।

चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेका उनले बताइन् ।

त्यस्तै उनले आयल निगमबाट सिलिगुढी चारअली र अमलेखगञ्ज लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढिरहेका र सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको जानकारी दिइन् । 

मन्त्री कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको तीन महिनाको लागि पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुरूप सरकारले काम गरिरहेको उल्लेख गरिन् । 

उनले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवर्द्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय सम्वद्र्धन सेवा र उद्यमशीलता विकास कार्यक्रम समेत सञ्चालन गरिने बताइन् । 

राष्ट्रिय उद्यम सेवा मार्फत उद्यमशीलता विकास गर्दै स्वदेशी उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने लक्ष्यका साथ विविध कार्यक्रमहरू कार्यान्वयन गर्न प्रस्ताव गरिएको उनले बताइ ।

उनले औद्योगिक ग्रामलाई निर्माण कार्य प्रगतिका आधारमा मन्त्रालयबाट कानुनबमोजिम बजेट निकास गरिने स्पष्ट पारिन् । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ०२ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच