‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’  « Khabarhub

‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’ 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उनको कार्यकक्षमा आज भेट गरेका छन्।

सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए।

सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे।

नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको प्रसङग उल्लेख गर्दै उनले दुवै देशका सरकारबीचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालको विकास यात्रामा बङ्गलादेशका असल अभ्यास उपयोगी हुन सक्ने धारणा राखे ।

उनले भने, ‘नेपाल र बङ्गलादेशबीचको सहकार्यले दुवै देशका जनताको सुख, समृद्धि र कल्याणमा महत्वपूर्ण योगदान पुग्नेछ।’

खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले पनि दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक ल्याएको उल्लेख गर्दै सभामुख अर्यालले फुटबल, क्रिकेट, भलिबललगायत खेलमार्फत युवा पुस्ताबीच मित्रता, सम्पर्क र आपसी समझदारी अभिवृद्धि भएको बताए।

उनीहरूबीच शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ । 
 
 राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा नेपाल र बङ्गलादेशबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको बताए। 

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई  प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ०६ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’