‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’  « Khabarhub

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् ।

उनले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए । 

उनले अहिले ३० लाख भन्दा बढी नेपाली नागरिक श्रमिकका रुपमा विभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक रुपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए । 

मन्त्री यादवले श्रम स्वीकृतिबिना हजारौँ घरेलु कामदारहरू विभिन्न देशमा कार्यरत रहेको बताए । 

उनले उनीहरूलाई अप्ठेरो पर्दा औपचारिक रुपमा समाधान गर्न अप्ठेरो भएको देखिएकाले यसमा पनि मन्त्रालयले विशेष ध्यान दिइरहेको जानकारी दिए ।  

उनले कुवेतमा मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिबिना कार्यरत रहेको अवस्था रहेको उल्लेख गरे । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : १६ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका