युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक « Khabarhub

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले रुसमाथि दबाब बढाइरहेका बेला राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्दै मस्कोको एसियासँगको सम्बन्ध विस्तारको संकेत दिएका छन् छन् ।

मध्य रुसको तातारस्तान राजधानी कजानमा बुधबारदेखि सुरु भएको सम्मेलनमा आसियानका नेताहरूलाई स्वागत गर्दै पुटिनले पश्चिमी प्रतिबन्ध र युद्धको दबाबबीच रूसको कूटनीतिक तथा आर्थिक ध्यान एसियातर्फ मोडिएको स्पष्ट सन्देश दिए । फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनमा युक्रेन र मध्यपूर्व युद्ध अन्त्यका विषयमा मुख्य छलफल भइरहेका बेला यो बैठकलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । 

दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घका ११ सदस्य राष्ट्रका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुन कजान पुगेका छन् । थाइल्यान्ड, भियतनाम, कम्बोडिया, लाओस, मलेसिया र सिङ्गापुरका प्रधानमन्त्रीहरू सहभागी छन् भने फिलिपिन्सको प्रतिनिधित्व राष्ट्रपति फर्डिनान्ड मार्कोसले गरेका छन् । सन् २०२१ को सैन्य विद्रोहपछि मस्कोसँग नजिक सम्बन्ध राख्दै आएको म्यान्माले पनि प्रतिनिधिमण्डल पठाएको छ ।

क्रेमलिनका अनुसार सम्मेलनमा विश्व तथा क्षेत्रीय सुरक्षा, व्यापार, लगानी र मानवीय सहयोगका विषयमा रूस–आसियान सहकार्यलाई नयाँ दिशामा लैजानेबारे छलफल हुनेछ । यो बैठक रूस र आसियानबीचको ३५ वर्षे सम्बन्धको स्मरणसँग पनि जोडिएको छ ।

युक्रेन युद्धका कारण पश्चिमी देशहरूको कडा प्रतिबन्ध सामना गरिरहेको रूसले पछिल्ला वर्षहरूमा आफ्नो ऊर्जा निर्यात, विशेषगरी तेल, एसियाली बजारतर्फ केन्द्रित गरेको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले देशमा निरन्तर तेल आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल गर्ने चाहना व्यक्त गरेका छन् ।

यसैबीच मध्यपूर्वमा इरानसँग सम्बन्धित अमेरिका–इजरायल तनावका कारण उत्पन्न ऊर्जा संकटले एसियाली मुलुकहरूलाई थप असर पारेको छ र यसले क्षेत्रीय ऊर्जा कूटनीतिलाई अझ संवेदनशील बनाएको छ ।

तर रुसभित्रै पनि आर्थिक चुनौती बढिरहेका छन् । उच्च मुद्रास्फीति, श्रम अभाव र बढ्दो खर्चका कारण रूसी अर्थतन्त्र दबाबमा रहेको छ । युद्धभूमिमा पनि यस वर्ष रूसी सेनाको प्रगति सुस्त देखिएको छ भने युक्रेनले तातारस्तानसहित रूसका विभिन्न क्षेत्रहरूमा आक्रमण बढाएको छ ।

जी–७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट गर्दै रुसले युद्ध अन्त्य गर्न सम्झौता गर्नुपर्ने बताए। उनले रुसमाथि थप प्रतिबन्ध लगाउने सम्भावनासमेत संकेत गरेका छन् र रूसी तेलमाथि नयाँ नियन्त्रणबारे पनि चर्चा भएको छ ।

ट्रम्पले मध्यपूर्व युद्धपछि हर्मुज जलघाँटी खुला भएकाले तेल आपूर्तिमा सुधार आएको उल्लेख गर्दै प्रतिबन्ध रणनीति चाँडै पुनः लागू हुन सक्ने बताए। यसअघि वासिङ्टनले समुद्रमा रहेका रूसी तेल ढुवानीका लागि केही प्रतिबन्ध छुट दिएको थियो ।

राष्ट्रपति पुटिनले भने युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग प्रत्यक्ष वार्ताको प्रस्ताव बारम्बार अस्वीकार गर्दै आएका छन् । मस्कोले युक्रेनको पूर्वी डोनबास क्षेत्रमाथि नियन्त्रण कायम गर्ने लक्ष्य दोहोर्‍याउँदै आएको छ ।

सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूसको पूर्ण सैन्य आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा ठूलो युद्धमा रूपान्तरण भएको छ र यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई गहिरो रूपमा प्रभावित गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ५३ बजे

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

सुकुम्वासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र (तस्बिरहरू)

काठमाडौं– सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी

रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु

काठमाडौं– रूस र युक्रेनबीच जारी युद्धका क्रममा बिहीबार भएका ड्रोन