महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै  « Khabarhub

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ। पार्टीको पहिलो महाधिवेशनको तयारी तथा समसामयिक संगठनात्मक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

रास्वपाले आगामी साउन ७ गतेदेखि आफ्नो पहिलो महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा देशभरबाट करिब २५ हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।

महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी सभापति रवि लामिछानेले प्रदेशगत रूपमा सांसदहरूसँग संवादलाई तीव्रता दिएका छन्। महाधिवेशनको तयारी, संगठन विस्तार तथा भावी कार्यदिशाबारे विभिन्न तहमा परामर्श भइरहेको बताइएको छ।

सचिवालय बैठकपछि छिट्टै केन्द्रीय समिति बैठक समेत बोलाउने तयारी गरिएको छ। उक्त बैठकबाट नयाँ विधान पारित गर्ने योजना पार्टीको रहेको छ।

रास्वपाको नयाँ विधान मस्यौदा तयार गर्ने जिम्मेवारी पार्टीका सहमहामन्त्री विपिन आचार्यले सम्हालिरहेका छन्। विधानलाई अन्तिम रूप दिएर महाधिवेशनमार्फत अनुमोदन गराउने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ५० बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो