महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै  « Khabarhub

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ। पार्टीको पहिलो महाधिवेशनको तयारी तथा समसामयिक संगठनात्मक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

रास्वपाले आगामी साउन ७ गतेदेखि आफ्नो पहिलो महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा देशभरबाट करिब २५ हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।

महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी सभापति रवि लामिछानेले प्रदेशगत रूपमा सांसदहरूसँग संवादलाई तीव्रता दिएका छन्। महाधिवेशनको तयारी, संगठन विस्तार तथा भावी कार्यदिशाबारे विभिन्न तहमा परामर्श भइरहेको बताइएको छ।

सचिवालय बैठकपछि छिट्टै केन्द्रीय समिति बैठक समेत बोलाउने तयारी गरिएको छ। उक्त बैठकबाट नयाँ विधान पारित गर्ने योजना पार्टीको रहेको छ।

रास्वपाको नयाँ विधान मस्यौदा तयार गर्ने जिम्मेवारी पार्टीका सहमहामन्त्री विपिन आचार्यले सम्हालिरहेका छन्। विधानलाई अन्तिम रूप दिएर महाधिवेशनमार्फत अनुमोदन गराउने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ५० बजे

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण