रौतहटको सवारी व्यवस्थापनमा सुधार « Khabarhub

रौतहटको सवारी व्यवस्थापनमा सुधार


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घनासहित जनधनको क्षति कम भएको छ ।

रौतहट प्रहरीका अनुसार आर्थिक वर्ष २०८०-८१ मा सडक दुर्घटनामा परी ६५ जनाको मृत्यु भएकामा चालु आर्थिक वर्षको अहिलेसम्म ४८ जनाको ज्यान गएको छ । 

सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि जनचेतना जगाउने उद्देश्यले आयोजित ट्राफिक सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले नियमित तथा छड्के जाँचसहित सडकको सुरक्षा व्यवस्था कडाइ गरेकाले सवारी व्यवस्थापनमा सुधार आएको बताए।

उनले सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सचेतना र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै आपसी समन्वय र सहकार्यसहित अझ बढी खटिएर जनताको जीउधनको सुरक्षामा समर्पित हुन जिल्लास्थित सुरक्षा संयन्त्रको ध्यानाकर्षण गरे।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले प्रहरी प्रशासनलाई छलेर जिल्लाको भित्री सडकमा हेल्मेट नलगाई द्रुत गतिमा मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी भार बोक्ने र लागू तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने परिपाटी अझै रहेकाले अपेक्षा गरेअनुसार परिणाम आउन नसकेको स्पष्ट गरे।

रौतहट जिल्लामा विभिन्न आठ वटा कार्यालयमा गरी अहिले ५० देखि ६० जना ट्राफिक प्रहरी कार्यरत रहेको जानकारी दिँदै उनले भने, ‘सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै सरोकार भएका सबै पक्षसँगको सहयोग र सहकार्यमा ट्राफिक व्यवस्थापन गर्दै आएका छौँ । जिल्लामा भएका सडक दुर्घटनालाई विश्लेषण गर्दा विद्यार्थी तथा युवा पिँढी सचेत र सजग हुनुपर्ने देखिन्छ ।’

रौतहट जिल्लाको विशेषगरी भित्री सडक तथा सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन गुड्नेक्रम अहिले पनि यथावत रहेकाले चुस्तदुरुस्त सवारी व्यवस्थापनमा केही समस्या रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ३ : १२ बजे

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि