इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका « Khabarhub

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि स्ट्रेट अफ होर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गरेको  स्रोतहरूलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

आगामी शुक्रबार हस्ताक्षर हुने सम्झौताको बावजुद महत्वपूर्ण होर्मुज जलमार्ग प्रयोग गरेर अर्थतन्त्रलाई नोक्सान पुर्याउने इरानको प्रतिगमन कार्य पुनः सुरु हुन सक्ने मूल्यांकनले जनाएको छ ।

इरान पछिल्लो समयमा अमेरिकाको प्रतिद्वन्दी बनी खाडी देशहरूको ऊर्जा पूर्वाधारमा आक्रमणको फाइदा उठाउन सिकेको मूल्यांकन स्रोतलाई उदृत गर्दै सिएनएनले जनाएको छ । प्रति आक्रमण स्वरुप इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी आधारहरूमा आक्रमण गरेको थियो  । 

हाल इरानलाई  होर्मुज जलमार्ग माथि  वास्तविक नियन्त्रण हस्तान्तरण गरेको जनाउदै यो अधिकार कुनै पनि आणविक हतियार भन्दा बढी शक्तिशाली हतियार भएको अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित स्रोतलाई उल्लेख गर्दै सिएनएनले बताएको छ ।

युद्ध अन्त्य गरी हार्मुज जलमार्गलाई पूर्ण रूपमा पुनः खोले पछि हुने इरानीहरूको निरन्तर लाभलाई जोड दिँदै यसको लागि इरानसँग गहन वार्ता गर्नु परेको अमेरिकाले जनाइएको छ ।

अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने इरान सम्झौता बारे बोल्दै सम्झौता अनुसार इरानसँग आणविक हतियार हुन नसक्ने  तथा होर्मुजको जल मार्ग खुला हुनु पर्ने लगायतका विषय खुलासा गरे ।  यी सर्तहरू पालना गरे भने धेरै फाइदाहरू रहेको उल्लेख गर्दै इरानीहरूले सर्तहरू पालना नगरे केही पनि नपाउने बताए ।

सम्झौताको सामग्री र अन्य जोखिमहरूको अनिश्चितता पनि स्ट्रेट अफ  होर्मुजमा रहेको ढुवानी उद्योगका अधिकारीहरू र जहाजको आवागमन नियमन गर्ने विज्ञहरूलाई उदृत गर्दै सिएनएनले जनाएको छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानसँगको सम्झौताको ढाँचा एक-दुई दिनमा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले गत आइतबार इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ तर पूर्ण पाठ सार्वजनिक रूपमा खुलासा गरिएको छैन । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ५ : ०९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच