उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए « Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन आतंककारी मारिएका छन् ।

प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले आतंककारीले आक्रमणको योजना बनाइरहेको तथा कानून प्रवर्तन निकायका कर्मचारीको आवागमनमा अवरोध पुर्याउन चेकपोस्ट स्थापना गरेको सूचना प्राप्त गरेपछि कोहट जिल्लाको शकरदरा रोड क्षेत्रमा उक्त कारबाही सञ्चालन गरिएको हो ।

सुरक्षा टोली घटनास्थलमा पुगेपछि आतंककारीले गोली चलाएका थिए । त्यसपछि भएको दोहोरो भिडन्तमा तीन आतङ्ककारी मारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए ।

विज्ञप्‍तिअनुसार सुरक्षा बलले मारिएका आतंककारीबाट तीनवटा राइफल, नौवटा म्यागजिन तथा ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरेको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ ।

फरार भएका संदिग्धको खोजी तथा पक्राउका लागि खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ५ : ३४ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६