उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए « Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन आतंककारी मारिएका छन् ।

प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले आतंककारीले आक्रमणको योजना बनाइरहेको तथा कानून प्रवर्तन निकायका कर्मचारीको आवागमनमा अवरोध पुर्याउन चेकपोस्ट स्थापना गरेको सूचना प्राप्त गरेपछि कोहट जिल्लाको शकरदरा रोड क्षेत्रमा उक्त कारबाही सञ्चालन गरिएको हो ।

सुरक्षा टोली घटनास्थलमा पुगेपछि आतंककारीले गोली चलाएका थिए । त्यसपछि भएको दोहोरो भिडन्तमा तीन आतङ्ककारी मारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए ।

विज्ञप्‍तिअनुसार सुरक्षा बलले मारिएका आतंककारीबाट तीनवटा राइफल, नौवटा म्यागजिन तथा ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरेको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ ।

फरार भएका संदिग्धको खोजी तथा पक्राउका लागि खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ५ : ३४ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका