पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने « Khabarhub

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको समन्वयमा ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार स्वदेश फर्काइने समूहमा बेलायती जहाज ‘एमएमए भ्यालोर’ले समुद्रबाट उद्धार गरेका आठ इरानी मछुवा तथा हालै अमेरिकी अधिकारीले नियन्त्रणमा लिएको ‘लेनोर÷डेभिना’ नामक जहाजका २२ इरानी चालक दलका सदस्य रहेका छन् ।

ती दुवै समूह आगामी केही दिनभित्र कराँची हुँदै इरान फर्कने अपेक्षा गरिएको दारले बताएका छन् । उनले इरानी नागरिकको सुरक्षित पारवहन तथा शीघ्र स्वदेश फिर्ती सुनिश्चित गर्न पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गरिरहेको बताए ।

पाकिस्तान मानवीय सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै दारले इरानी नागरिकलाई आवश्यक सबै सम्भव सहयोग उपलब्ध गराइने स्पष्ट पारे ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : ४८ बजे

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको