जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित « Khabarhub

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस च्याम्पियनको युरोपा लिगको नकआउट सम्भावना कमजोर बनेको छ।

दोस्रो हाफको तीन मिनेटभित्र दुई गोल खाएपछि केल्टी २–१ ले पराजित भएको हो। योसँगै मार्टिन ओनिलको टोली युरोपा लिगका सुरुवाती तीनै खेलमा पराजित हुँदै अंकविहीन बनेको छ।

यसअघि टोली फेरेन्कभारोस र बेन्फिकासँग पनि पराजित भएको थियो।

पहिलो हाफ बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको सुरुवातमै केल्टीले अग्रता लिएको थियो। हाइसेम हसनको पासलाई मिका बाउरले आकर्षक गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। लिआम स्केलको हेडर क्रसबारमा ठोक्किएपछि केल्टीले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो।

सेल्टा भिगोका लागि जाभी रोड्रिग्वेजले उत्कृष्ट पुनरागमन गराए। उनले फ्रिकिकमा आएको बललाई उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

तीन मिनेट बित्न नपाउँदै रोड्रिग्वेजले २० यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि सेल्टा भिगोले २–१ को रोमाञ्चक जित पक्का गर्‍यो।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ७ : २६ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा