वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ ।

विभागले सार्वजनिक गरेको आजको विवरणअनुसार, मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् । विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम गरिरहेको जनाएको छ ।

पछिल्लो विवरणअनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने नौजनालाई पक्राउ गरी उपस्थित गराइएको छ । यस्तै, नौवटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैंकलाई लेखिएको पत्र, अभियोगपत्र र रायपत्रलगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ ।

संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायीहरूलाई पाँचवटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरेको छ । त्यस्तै, राहत, उद्धार तथा समन्वय शाखाको सक्रियतामा ६ जनाको उद्धार गरिएको छ भने दुईजनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

उक्त शाखाले १० वटा नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा प्रदान गरेको जनाएको छ । गुनासो व्यवस्थापनमा उच्च प्राथमिकताका लागि सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’मार्फत प्राप्त ११ वटा गुनासोमध्ये नौवटाको तत्काल समाधान गरिएको जनाइएको छ ।

यस्तै, विभागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेका र अन्य प्रक्रियामा रहेका छन् ।

युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवको सचिवालय र ह्वाट्सएप मार्फत प्राप्त हुने राहत तथा उद्धारका गुनासोहरूलाई थप प्रभावकारी बनाउन विभागले नयाँ प्रक्रियाको सुझाव दिएको छ । आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउँदा राहत तथा उद्धार कार्यमा थप प्रभावकारी हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : ०८ बजे

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस