इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना « Khabarhub

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त अरब इमिरेट्स (युएई)का प्रमुख एयरलाइन्सले विस्तारित यात्रा बीमा र सुविधा योजना सार्वजनिक गरेका छन्।

युएइको प्रमुख एयरलाइन्स एमिरेट्स एयरलाइन्सले बुधबार नयाँ यात्रा बीमा प्याकेज घोषणा गरेको छ, जसअन्तर्गत द्वन्द्वको अवस्थामा विस्तारित चिकित्सा कभरेज, यात्रा रद्द, ढिलाइ, सामान हराउने तथा आपतकालीन उद्धारजस्ता सुविधा समेटिएका छन्।

एयरलाइन्सका अनुसार यस योजनाको उद्देश्य यात्रुलाई थप सुरक्षा र विश्वास प्रदान गर्नु हो। एमिरेट्सका अध्यक्ष टिम क्लार्कले दुबईलाई प्रमुख पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्दै यात्रुको विश्वास बढाउन नयाँ बीमा सुविधा आवश्यक भएको बताए।

उनका अनुसार बजारमा यात्रासम्बन्धी बीमा कभरेजमा कमी देखिएकाले कम्पनीले ग्राहक आवश्यकतालाई ध्यानमा राख्दै यो योजना अघि सारेको हो।

त्यसैगरी अबुधाबीस्थित इतिहाद एयरवेजले जुलाइदेखि डिसेम्बरसम्म युएई भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुका लागि निःशुल्क चिकित्सा सेवा प्रदान गर्ने घोषणा गरेको छ।

यस क्षेत्रको हवाई यातायात पछिल्ला महिनामा इरानसँग सम्बन्धित द्वन्द्वका कारण प्रभावित भएको बताइन्छ। विश्लेषकका अनुसार मध्यपूर्वमा बढ्दो तनावले उडान सञ्चालन र पर्यटक आगमनमा असर पारेको छ।

यसैबीच, आगामी दिनमा वाशिङ्टन र तेहरानबीच द्वन्द्व समाधानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। यद्यपि दीर्घकालीन शान्ति सम्झौताका लागि थप वार्ता आवश्यक रहने बताइएको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १० : ३३ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने