चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी « Khabarhub

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको दाबी गर्दै अमेरिकी निर्वाचन पूर्वाधार लामो समयदेखि साइबर आक्रमणको जोखिममा रहेको बताएका छन्।

ट्रम्पले वर्षौंदेखि अमेरिकी नागरिकलाई निर्वाचन पूर्वाधारको सुरक्षाबारे गलत जानकारी दिइएको आरोप लगाउँदै इलेक्ट्रोनिक मतदान मेसिन र मतगणना प्रणाली पर्याप्त रूपमा सुरक्षित नभएको बताए।

उनले यसअघि गोप्य राखिएका अमेरिकी गुप्तचर समुदाय (यूएस इन्टेलिजेन्स कम्युनिटी) का मूल्याङ्कन प्रतिवेदन तथा अन्य कागजात सार्वजनिक गरिएको उल्लेख गर्दै ती प्रतिवेदनले निर्वाचन प्रणाली साइबर आक्रमणका लागि अत्यन्त कमजोर रहेको पुष्टि गरेको दाबी गरे।

ट्रम्पका अनुसार ती प्रतिवेदनले रूस, चीन, इरान, उत्तर कोरिया तथा केही गैर-सरकारी समूहसँग अमेरिकी निर्वाचन पूर्वाधारमा हस्तक्षेप वा क्षति पुर्‍याउने क्षमता रहेको निष्कर्ष निकालेका छन्।

यसैबीच, ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यमा सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनदेखि सुरु भएको अवधिमा चीनले निर्वाचनसम्बन्धी डाटामा अहिलेसम्मकै ठूलो साइबर घुसपैठ गरेको दाबी गरेको छ।

ह्वाइट हाउसका अनुसार उक्त घुसपैठमार्फत चीनले करिब २२ करोड (२२० मिलियन) अमेरिकी मतदाताको व्यक्तिगत विवरण गैरकानुनी रूपमा हासिल गरेको दाबी गरिएको छ।

चीनले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। साथै, अमेरिकी प्रशासनले सार्वजनिक गरेको दाबीको स्वतन्त्र पुष्टि पनि हालसम्म भएको छैन।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ८ : २३ बजे

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक