साउनमा किन लगाउने हरियो चुरा र मेहेन्दी ? « Khabarhub

साउनमा किन लगाउने हरियो चुरा र मेहेन्दी ?


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना मेहेन्दीको महिना हो । हरियो पहेलो पहिरनका साथ श्रृंगारको रुपमा हरियो पहेलो चुरा पोतेका साथमा मेहन्दीको पनि विशेष प्रयोग साउन महिनामा हुने गरेको छ ।

केही वर्षपहिला विशेषगरि भारत र नेपालको तराई क्षेत्रमा मात्र मेहन्दीको प्रयोग हुने गरेको भएपनि अहिले देशभर यसको प्रयोगले व्यापकता पाएको छ ।

साउन लागेसँगै सडक पेटीदेखि मेहन्दी लगाउने युवती र लगाइदिने डिजाइनरसम्ममको भीड देख्न सकिन्छ । मेहन्दी नलगाएका युवतीको हात नै देखिँदैन भन्दा पनि हुन्छ साउनमा ।

श्रावणमा महिलाले हरियो रंगको सारी लगाउने, चुरा, पोते लगाउने चलन बसेको छ । आखिर श्रावणमा हरियो रंग लगाउनुको कारण के छ त ?

श्रावणमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ । यस अलावा रातो रंग धारण गर्दा खुसी र सौभाग्य बढ्ने विश्वास गरिन्छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा सीधा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिषशास्त्र अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढावा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन रहेको छ । शिव आफैमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू श्रावणमा हरियो मेहन्दी, चुरा, पोते र सारी लगाउने गर्दछन् । एजेन्सीबाट

किन लगाउने मेहन्दी ?

महिलाको श्रृंगारको चर्चा धर्मशास्त्रहरुमा पनि गरिएको छ । नारीका सोह्र श्रृंगारबारे उल्लेख गरिएको पाइन्छ जसमा मेहन्दीको पनि उल्लेख गरिएको छ ।

मेहन्दीलाई शुभ कामको प्रतिकको रुपमा पनि लिने गरिएको छ ।

मेहन्दीलाई जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतिकको रुपमा लिने संस्कृति रहेको छ ।

कतिपयले हातमा वा खुट्टामा लगाइएको मेहन्दीको रंगको अवस्थाले प्रेमी प्रेमिका वा पतिपत्नीबीचको सम्बन्धलाई दर्शाउने बताउने पनि गरेका छन् ।

त्यस्तै असारमहिनामा खेतबारीको काम सकिएसँगै फुर्सदको समय हुने र त्यस समयमा शरीरलाई राम्रो र आकर्षक राख्नका लागि मेहन्दीको प्रयोग गर्न थालिएको हो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : ०० बजे

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार