ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो « Khabarhub

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको सरकार अरू पार्टीविरुद्ध योजनाबद्ध रूपमा गलत सूचना फैल्याउने अभियान चलाइएको आरोप लगाएका छन्।

शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले बालेन्द्र शाह नेतृत्वमा ‘गोयबल्सभन्दा पनि महागोयबल्स शैली’ अपनाएर अरूलाई बदनाम गर्ने प्रयास भइरहेको दाबी गरे।

उनले समाजमा झूट र गलत सूचना फैलाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै त्यसको सबैभन्दा बढी असर एमालेमाथि परेको बताए। ‘समाजलाई गलत सूचना दिएर हामीमाथि सबैभन्दा बढी प्रहार भएको छ। त्यसैले यसमा हामी सचेत हुनुपर्छ,’ उनले भने।

ओलीले पार्टीले आफ्ना गतिविधि र उपलब्धिलाई डिजिटल माध्यमबाट नियमित रूपमा अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए। अहिलेको सूचना प्रविधिको युगमा एमाले आफ्नाविरुद्ध भएका ‘सूचना आक्रमण’को सामना गर्न केही पछि परेको स्वीकार गर्दै अब नयाँ ढंगले अघि बढ्ने बताए।

उनले एमाले चुनौतीका कारण कमजोर नभएको र पार्टी पुनः नवीकृत भएर अझ मजबुत रूपमा अघि बढ्ने दाबी गरे। ‘हामी धक्का खाएका हौँ, सिद्धिएका होइनौँ। हामी आफ्नै खुट्टामा उभिएको स्वतन्त्र पार्टी हौँ। अरूको सहारामा उठ्ने लहरो होइनौँ,’ उनले भने।

ओलीले एमालेलाई एक्ल्याउने प्रयास अझै बढ्ने दाबी गर्दै पार्टी त्यस्ता चुनौतीसँग नआत्तिने र निराश नहुने बताए। पुनर्जागरण र पुनर्उत्थानको क्षमता एमालेसँग रहेको उनको भनाइ थियो।

उनले आफ्नो नेतृत्वमा भएका विकास निर्माणका कामका तस्बिर र विवरण डिजिटल माध्यममा व्यापक रूपमा सार्वजनिक गर्न कार्यकर्तालाई आग्रह गर्दै सूचना प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  २ : १७ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्