युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु « Khabarhub

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

ट्राफिक र सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराले विज्ञप्ति जारी गर्दै  युगान्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कप्चोर्वाको सिपी फल्सको शैक्षिक भ्रमणमा लगिएको  अवस्थामा दुर्घटना भएको जनाइएको छ  ।

भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाडीको नियन्त्रण गुमाउँदा गाडी सडकबाट चिप्लिएर सडक किनारको ठूलो ढुङ्गामा ठोक्किँदा भएको दुर्घटनामा ठुलो मानविय क्षति भएको कानानुराले पुष्टि गरेका छन् । 

दुर्घटनाको वास्तविक कारण बारे थाहा पाउनको लागि प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताइएको छ । रासस

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  २ : ४८ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई