मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश « Khabarhub

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई क्षतिपूर्ति दिन आदेश गरेको छ । 

मनिताको मृत्यु प्रकरणमा कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन एभरेष्ट अस्पताल र उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीको नाउँमा आदेश भएको हो ।

उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार, अदालतले एभरेष्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा। तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा चिकित्सक र अस्पतालको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको दाबी गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।

यो पनि पढ्नुहोस् :

अदालतले मुद्दामाथिको सुनुवाइपछि अस्पताल र चिकित्सक दुवैको दायित्व ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको हो ।

यो फैसला स्वास्थ्य सेवा प्रवाहमा चिकित्सक तथा स्वास्थ्य संस्थाको जबाफदेहिता र बिरामीको अधिकारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ३ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको