एक वर्षमा २२ गैँडा मरे « Khabarhub

एक वर्षमा २२ गैँडा मरे


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । 

चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै करेन्ट लागेर गैँडा मरेको जनाइएको छ । 

साथै माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैँडा करेन्ट लागेर मरेका छन् । अन्य गैँडा दलदलमा फसेर, जुधेर, बच्चालाई बाघले खाएर, बुढो भएरजस्ता कारणले मरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । जसमध्ये दुईवटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन् भने अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका हुन् । सन् २०२१ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वयस्क गैँडा थिए । रासस

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ४ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको