आज २०८३ साल भदौ २ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ २ गते मंगलबारको राशिफल


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६ अगष्ट १८ तारिख। साउन शुक्ल पक्षको षष्ठी तिथि । कल्कि जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : आज जोगिएर काम गर्नुपर्ने दिन छ । सोचेका काम नबन्दा निराशा थपिनेछ । खर्च बढ्नेछ । संकटमा परिवारको साथ भने मिल्नेछ ।

मिथुन : आजको तपाईंको दिन सामान्य छ। बोल्दा सचेत हुनुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। यात्रामा खर्च हुनेछ।

कर्कट : दिन राम्रो छ। धन लाभ हुनेछ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन राम्रो छ। आज काम बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ला। हरेक क्षेत्रमा प्रगति हुनेछ। आफन्तको साथ मिल्नेछ।

कन्या : धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला । विपक्षी र परिवारले साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ।

तुला : दिन सामान्य छ। सोचेको काम नबन्ने जोखिम रहन्छ। खर्च बढ्नेछ । प्रेममा मनमुटाब बढ्ने खतरा छ। काम गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। आफन्तले असहयोग गर्नेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।

मकर : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । मिहिनेत गरेको ठाउँबाट धन आर्जन हुनेछ। आज व्यापारमा फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने झगडा हुने खतरा छ।

कुम्भ : आज स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । यात्रामा ननिस्कनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा हरेक काम सफल बन्नेछन्। प्रेम सम्बन्धमा उतारचढाव आउने छ।

मीन : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनसक्छ। शरीरमा नयाँ रोग देखिने जोखिम छ। आज कुनै कुरामा जिम्मेवार महशुस हुनेछ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ५ : १५ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड