स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर « Khabarhub

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा औषधिमा छुट दिने कार्यक्रम आयोजना हुने भएको छ ।

बागेडाँगी सामुदायिक विकास केन्द्रको आयोजना तथा एन्जल फाउण्डेशनको प्राविधिक सहयोगमा सोमबार अर्जुनधारा–५ स्थित केन्द्रको सभाहलमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी एकदिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हृदयघात, सर्पदंश, आगलागीबाट हुने चोटपटक, करेन्ट लाग्दा अपनाउनुपर्ने प्राथमिक उपचारका उपाय तथा गुप्त रोगसम्बन्धी एक सय तीन जना सहभागीलाई सचेतना दिइएको केन्द्रका अध्यक्ष टेकनाथ अधिकारीले बताए ।

सचेतना कार्यक्रमसँगै भोलिसुगर र प्रेसर परीक्षण तथा बिहीबार पाइल्स, फिसर र फिस्टुलाको रोकथाम तथा उपचारसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण निःशुल्क गरिने र आवश्यक औषधिमा ५० प्रतिशत छुट उपलब्ध गराइने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङले स्वास्थ्य र उपचारसम्बन्धी जानकारीको अभाव रहेका समुदायमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले आगामी दिनमा पनि स्थानीयस्तरमा स्वास्थ्य सचेतना र परीक्षणका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ११ : १३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी