पोखराको लेखनाथ सडकखण्डको नयाँ स्वरुप (तस्बिर) « Khabarhub

पोखराको लेखनाथ सडकखण्डको नयाँ स्वरुप (तस्बिर)


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– पृथ्वीराजमार्गअन्तर्गत पोखराको लेखनाथ सडकखण्ड विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तारपछि अहिले लेन मार्किङ, सडक संकेत, रंगरोगन, डिभाइडर, सुरक्षा बार तथा सौन्दर्यीकरणको काम भइरहेको छ ।

सडकलाई सुरक्षित र व्यवस्थित बनाउन लेन छुट्याउने मार्किङ, जेब्रा क्रसिङ, ट्राफिक संकेत बोर्ड तथा सडक सुरक्षा संरचना निर्माण र जडान गरिएको छ। सडकका विभिन्न संरचनामा रंगरोगन तथा सौन्दर्यीकरणले लेखनाथ क्षेत्रको सडक दृश्यसमेत आकर्षक बनेको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत आबुखैरेनी–जामुने करिब ४१ किलोमिटर र जामुने–पोखरा सेती पुल करिब ३८.७१ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भइसकेको छ । विस्तारसँगै कालोपत्रे, नाली, सर्भिस लेन, डिभाइडर र सडक सुरक्षा संरचना निर्माण गरिएको छ।

मुग्लिन–पोखरा सडक पृथ्वीराजमार्गको महत्वपूर्ण खण्ड हो । सडक विस्तारपछि काठमाडौं–पोखरा आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ११ : ४० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५