‘कर्णालीबासीलाई सिटामोल छैन, मन्त्रीका लागि लाखौँ खर्चेर उडाइन्छ हेलिकप्टर’ « Khabarhub

‘कर्णालीबासीलाई सिटामोल छैन, मन्त्रीका लागि लाखौँ खर्चेर उडाइन्छ हेलिकप्टर’


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले शक्तिशाली सरकार हुँदासमेत जनताले राहत र सामान्य औषधिसमेत नपाउने अवस्था रहेको बताएकी छन् । उनले वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाएकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सुत्केरीले समयमा अस्पतालमा उपचार नपाउने तर मन्त्री बिरामी हुँदा राज्यले तत्काल हेलिकप्टर पठाएर काठमाडौं ल्याउने गरेको भन्दै आपत्ति जनाइन् ।

‘शक्तिशाली सरकार हुँदा पनि जनताले राहत र सिटामोलसमेत पाउँदैनन् । सुत्केरीले समयमा अस्पतालमा उपचार पाउँदैनन्,’ उनले भनिन्, ‘तर काठमाडौंमा मिनरल वाटर पिएका मन्त्री कर्णाली पुगेका बेला उताको पानी र खाना नपचाएर बिरामी पर्छन् । अनि उनलाई ल्याउन प्रधानमन्त्री लाखौँ खर्च गर्छन्।’

प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौं ल्याउन ३०/३५ लाख रुपैयाँ खर्च गरेर हेलिकप्टर पठाउन सक्ने तर तीन लाख रुपैयाँ खर्च गरेर जनतासम्म राहत पुर्‍याउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।

‘बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका जनतालाई सरकार राहत दिन सक्दैन । एक सिलिन्डर ग्यास पनि दिन सक्ने क्षमता राख्दैन,’ थापाले भनिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका जनताको जीवन पनि उत्तिकै मूल्यवान छ।’

उनले सरकारको सुशासन र समतामूलक राज्यको अवधारणामाथि समेत प्रश्न उठाइन् । ‘यो कस्तो सुशासन हो ? सरकारले कान खोलेर सुनोस्, मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामीका लागि अस्पताल नपुग्ने ? के यो यही समतामूलक राज्य हो ?’ उनले प्रश्न गरिन् ।

एकातिर एक्सप्रेस वे निर्माणको कुरा गर्ने र अर्कोतिर कर्णालीका नागरिकले औषधिसमेत नपाउने अवस्था रहेको भन्दै थापाले सरकारको प्राथमिकतामाथि पुनः प्रश्न उठाइन् ।

‘एकातिर भोकभोकै परेका नागरिकलाई सरकार एक सिलिन्डर ग्यास दिन सक्दैन । अर्कातिर मन्त्रीका लागि केही बेरमै हेलिकप्टर पुग्छ । बिरामीका लागि राज्य भनेका बेला नपुग्ने, यही हो राज्यको चरित्र ?’ उनले भनिन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ११ : ५६ बजे

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ