चामल, चिनी र तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा « Khabarhub

चामल, चिनी र तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/०८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । 

उक्त प्रतिवेदन अनुसार असार महिनामा चामल, अण्डा, केरा र चिनी लगायतका अत्यावश्यक उपभोग्य वस्तुको मूल्यमा सामान्य वृद्धि भएको देखिएको छ । 

विभागले देशका प्रमुख ६ शहर- विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र काठमाडौँ उपत्यकाको बजार मूल्यलाई आधार मानेर तयार पारेको हो ।

असार महिनामा तरकारी र फलफूलको मूल्यमा मध्यमदेखि उच्च स्तरको उतारचढाव देखिएको छ । 

प्रतिवेदन अनुसार सानो स्थानीय गोलभेँडाको मूल्यमा २५३ प्रतिशतले वृद्धि भई न्यूनतम १७ रुपैयाँबाट अधिकतम ६० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी, खुर्सानी (बुलेट) को मूल्य १७९.४ प्रतिशत, दशहरी आँपको १६० प्रतिशत, टनेलको सानो गोलभेडाको १५८.६ प्रतिशत र पिँडालुको मूल्यमा १५७ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि, च्याउ (सिताके), छ्यापी (हरियो), पाकेको फर्सी र एभोकाडोको मूल्य भने स्थिर रहेको प्रतिवेदनमा उल्लेख छ ।

खाद्यान्न तर्फ बैशाख महिनाको तुलनामा असारमा सोना मन्सुली, स्टिम जिरा र मोटा चामलको मूल्यमा सामान्य वृद्धि भएको छ । दाल र गेडागुडीको मूल्यमा पनि देशभर सामान्य उतारचढाव आएको छ । 

थोक मूल्यको विश्लेषण गर्दा चामल र चिउराको मूल्य बढेको देखिए पनि पिठो र मैदाको मूल्यमा भने सामान्य गिरावट आएको छ । असार महिनामा चिनीको खुद्रा मूल्य प्रति किलो १०५ देखि ११० रुपैयाँको हाराहारीमा रहेको पाइएको छ ।

बजार मूल्यमा प्रभाव पार्ने विभिन्न तत्त्वहरू मध्ये पेट्रोलियम पदार्थको मूल्य स्थिर रहनु तर घट्न नसक्नुलाई मुख्य कारण मानिएको छ । असार महिनाभर पेट्रोलको मूल्य प्रति लिटर २१७ रुपैयाँ र डिजेलको २२५ रुपैयाँमा स्थिर रहेको थियो । 

यसका साथै अमेरिकी डलरको विनिमय दरमा भएको १.०७ प्रतिशतको उतारचढावले पनि आयातित वस्तुको मूल्यमा असर पारेको छ । डलरको खरिद दर न्यूनतम १५१।६२ रुपैयाँ र अधिकतम १५३.२५ रुपैयाँसम्म पुगेको प्रतिवेदनमा जनाइएको छ ।

बजारमा हुने अस्वभाविक मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम अनुगमनलाई तीव्रता दिइएको विभागले जनाएको छ । आगामी दिनमा वस्तुको उत्पादन वृद्धि गर्ने, बिचौलियाको तह घटाउने, सिन्डिकेट र कार्टेलिङको अन्त्य गर्ने तथा नियमित बजार अनुगमन गर्ने लक्ष्य विभागले राखेको छ । 

उपभोक्तालाई राहत दिन ‘प्राइस स्टेबलाइजेसन फन्ड’ मार्फत अस्वभाविक मूल्य नियन्त्रणमा योगदान पुर्‍याउने रणनीति समेत अवलम्बन गरिएको विभागको दाबी छ ।
 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १२ : ०१ बजे

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

लन्डन- रूसमा हालै भएका युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य