अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र « Khabarhub

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । 

सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी सङ्घीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रुपमा तलब भत्ता भुक्तानी गर्न पत्राचार भएको हो । 

अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शन अनुसार  सङ्घीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले १५ दिन काम गरिसकेपछि  तलब भत्ता उपलब्ध गराउन अनुरोध भएको छ ।  

त्यस्तैगरी, बजेट वक्तव्य २०८३/८४  अनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्नु गराउनुहुन एवं कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य क्षेत्रभित्रका सङ्घीय सरकारी निकायबाट माथि उल्लेख भए बमोजिम भुक्तानीको लागि निकासा माग भई आएमा सोहीअनुसार भुक्तानी गर्न पनि अनुरोध भएको छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १ : ०६ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका