धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू) « Khabarhub

धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी-लघुवित्तपीडितलाई भेट्न पुल्चोक पुगेकी छन् ।

उनी मंगलबार अपरान्ह राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा रहेका आन्दोलनरत पीडितलाई भेट्न गएकी हुन् ।

पीडितहरू सरकारले आफ्नो माग र पूर्ववत् सहमतिको बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

उनीहरूले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लेखेको प्लेकार्ड धर्ना स्थलमा राखेका छन् ।

उनीहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन २९ मा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि आयोगको कार्यालयबाहिर धर्ना सुरू गरेका थिए । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ५ : ३० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ