नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो । 

 नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ४९, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशन झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट लिए ।

एसिसी प्रिमियर कप खेल्न मलेसिया जानुअघि नेपालले भारतमा अभ्यास गरिरहेको हो । प्रिमियर कप ३० अगस्टदेखि आयोजना हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनको सामना गर्नेछ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ५ : ५६ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित