जिरीमा इन्फ्लुएन्जा संक्रमण : ६ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि, बुधबारदेखि विद्यालय बन्द « Khabarhub

जिरीमा इन्फ्लुएन्जा संक्रमण : ६ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि, बुधबारदेखि विद्यालय बन्द


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिकामा पछिल्ला केहिदिन यता मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) भाइरसको संक्रमण फैलिएको भन्दै नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द हुने भएका छन् ।

नगरपालिकाले भदौ २ गते जारी गरेको सूचनाअनुसार भदौ ३ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस अवधिमा सञ्चालन हुने परीक्षा तथा अन्य गतिविधिसमेत स्थगित गरिएको छ । 

विद्यालयका नियमित गतिविधि भदौ ७ गतेदेखि सञ्चालन गर्न नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले जारी गरेको सूचनामा भनिएको छ । 

पछिल्ला केहिदिन यता उक्त संक्रमणका बिरामी बालबालिका बढेपछि विद्यालय बन्द गर्ने निर्माण भएको हो ।

जिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा इन्फ्लुएन्जासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार बिरामीको नमूना (स्याम्पल) काठमाडौं लगेर परीक्षण गर्दा इन्फ्लुएन्जा भाईरस पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख केशव दाहालले बताए । 

६ जना स्वास्थ्यकर्मीको नमूना परीक्षणका लागि पठाईएकोमा ५ जनामा संक्रमण पुष्टी भएको हो ।

भाईरससँग लक्षण मिल्दोजुल्दा रहेका बिरामी तथा बालबालिका गरि १८ जनाको जिरी अस्पतालमा उपचार भईरहेको जिरी नगरपालिकाले जनाएको छ ।

संक्रमण पुष्टी भएसँगै नगरपालिकाले थप संक्रमण फैलिन नदिन विद्यालय बन्द गरेको जनाएको छ ।

इन्फ्लुएन्जा भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । 

भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्ने स्वास्थ्य चिकित्सकहरुको भनाइ रहेको छ ।

यसको लक्षण ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु हो । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ६ : २५ बजे

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत