जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो « Khabarhub

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । दुर्घटनामा अरु एक जना अझै बेपत्ता रहेको प्रिफेक्चरल सरकारले मङ्गलबार जनाएको छ ।

प्रिफेक्चरभरि दुई हजार ३०० भन्दाबढी घरमा क्षति पुगेको छ । बाढीका कारण करिब दुई हजार ७०० सवारीसाधन डुबेर सडकमा अलपत्र परेका छन् । यसबाट यातायात प्रभावित हुनुका साथै विभिन्न क्षेत्रमा सवारी जाम भएको छ ।

गत बिहीबारदेखि शुक्रबारसम्म चिबा प्रिफेक्चरमा कीर्तिमानी वर्षा भएको थियो । वर्षापछि जापानको मौसम विज्ञान विभागले प्रिफेक्चरका केही क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै उच्चतम तहको ‘लेभल–५’ आपत्कालीन चेतावनी जारी गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ७ : ४३ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न