मोदी खोलाले बगायो तातोपानी कुण्ड « Khabarhub

मोदी खोलाले बगायो तातोपानी कुण्ड


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ ।

अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

उनका अनुसार गत साउन २८ गते गएको बाढीले खोलाको किनारमा सिमेन्ट, ढुंगा बालुवाबाट निर्माण गरिएको तीन वटा तातोपानी कुण्ड पूर्णरूपमा बगाएर पूर्ण क्षति पुर्‍याएको हो ।

बाढीले तातोपानी क्षेत्रमा रहेको एउटा शौचालय र एउटा चेन्जिङ रुमसमेत पूर्णरूपमा क्षति भएको छ । सिमेन्ट, ढुंगा तथा टिनले छाएको चेन्जिङ रुम पनि बाढीले बगाएको प्रशासनको भनाइ छ ।

तातोपानी कुण्ड आसपास मानव बस्ती नरहेकाले घटनाको सूचना ढिलो गरी मंगलबार बिहान मात्र प्राप्त भएको प्रहरीले जनाएको छ । सूचना लगत्तै दिउँसो १२ बजे प्रहरी चौकी घान्द्रुकबाट प्रहरी हवल्दार राजेश भैया थारूको नेतृत्वमा दुई प्रहरी घटनास्थल पुगेर निरीक्षण गरेको थियो ।

“भौगोलिक रूपमा विकट रहेकाले ढिला गरी मात्र सूचना प्राप्त भएको हो । प्रहरी घटनास्थलमा पुगेर क्षतिको विवरण संकलनको काम मंगलबार मात्रै सुरु भएको छ,” बरालले भने ।

तातोपानी कुण्डमा पदयात्रामा जाने पर्यटकले नुहाउने गर्दथे । बाढीका कारण बीरेठाँटी–घान्द्रुक सडक बगाएकाले यातायात सम्पर्क हाल विच्छेद हुँदा पदयात्रामा जाने पर्यटक समेत छैनन् ।

मोदी खोलाको कटानका कारण बीरेठाँटीमा करिब १०० मिटर कालोपत्रे सडक बगाएपछि नेपाली सेनाको सहयोगमा पुनर्निर्माण पनि सुरु गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ९ : ४८ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस